२०७९ साउन ३०, सोमवार
Monday, August 15, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जाने होईन त मिछुर्लुङ ?

ई-दैनिकी
असार २०, २०७९ १६;३७ मा प्रकाशित
मुख्य समाचार, आर्थिक, प्रदेश खबर, समाचार, समाज
जाने होईन त मिछुर्लुङ ?
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कविता घर्तीमगर, पोखरा । मगर ढुटमा ‘मिछुलु’ भनेको चामलको वियाँ जस्तो र ‘लुम’ भनेको ढुंगा हो । त्यस स्थानमा चामलको वियाँ जस्तो प्रसस्त स-साना ढुंगा पाईने भएकोले ‘मिछुलुम’ शव्द अप्रभंश भएर मिछुर्लुङ हुन गई गाउँको नाम मिछुर्लुङ राखिएको स्थानियहरु बताउछन् । समुन्द्री सतहदेखि सात सय ५० मिटर उचाईमा रहेको तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ गाउँ निकै सुन्दर र मनमोहक देखिन्छ ।

स्वयम मिछुर्लुङबाट पुर्वतिर रिसिङ,पश्चिमतिर स्याङजाका रमणिय केहि स्थानहरु देख्न सकिन्छ भने उत्तरतर्फ भिमाद बजार र खैरेनी,दक्षिणतर्फ घिरिङ गाउँपालिकाका रमणीय स्थानहरु लगतएत लोभलाग्दो हिमशृङ्खलाहरु देखिन्छन् ।

त्यहाँ मगर र दलित गरि करिब १ सय ८ घरधुरी छन्,त्यस मध्ये अहिले १९ घर मिछुर्लुङ सामुदायिक होमस्टेका रुपमा सञ्चालित छन् । २०७२ सालमा १२ वटा घरबाट होमस्टे सुरुवात गरिएको थियो । दलित र मगर दुवै समुदायका घर होमस्टेका रुपमा समावेश गरिएको होमस्टेका अध्यक्ष नरेन्द्र थापाले बताए । होमस्टे सञ्चालन भएपछि विषेशगरि महिलाहरुलाई आयअर्जनमा सहज भएको थियो ।

आन्तरिक पर्यटकहरु नै होमस्टेका पाहुनाका रुपमा भित्रिने गरेका थिए तर विचैमा कोरोना महामारी चले पछि विश्वको अर्थतन्त्र नै तहसनहस हुदा मिछुर्लुङ पनि थला प¥यो । अध्यक्ष थापाका अनुसार मिछुर्लुङ विस्तारै आयआर्जनमा पाईला चाल्दै गर्दा नै कोरोनाको कारणले होमस्टेमा पाहुना आउन छाडे,आयस्रोत नै बन्द भएपछि युवाहरु विदेश गए, महिला र अरु सदस्यहरु फेरि पुरानै तरिकाले घरधन्दा र मेलापातमा ब्यस्त रहे ।

समयहरु वित्दै गए अव कसरी होमस्टेलाई चलायमान बनाउने भन्ने विषयमा सञ्चालकहरु सोच्दै थिए,बिचैमा महेन्द्र आलेमगरले मिछुर्लुङमा भ्युटावरको परिकल्पना गरे । कोरोना पछि नयाँ तरिकाले होमस्टे पुनः सञ्चालन गर्नका लागि पुर्वाधारको पनि अवश्यकता थियो । अन्तत् एकजुट भई महेन्द्रको भ्युटावर परिकल्पनामा सम्पुर्ण गाउँलेले साथ दिए ।

वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा स्थानियहरुबाट सहयोग रकम जम्मा भयो, अनि गत मंसिरमा भ्युटावर सिलन्यास गरियो । ७ महिनामा यहि असार ४ गते १७ मिटरको भ्युटावर ३८ लाख लागतमा निर्माण सम्पन्न भयो ।

भ्युटावरको उद्धघाटनसंगै ठप्प रहेको होमस्टेलाई पनि औपचारिक रुपमा पुनःसञ्चालन गरियो । भ्युटावर निर्माणका लागि भनेर भिमाद गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको थियो । भ्युटावर स्थानियबाटै सहयोग जुटाएर निर्माण गरिएकोले पालिकाको उक्त रकम ट्वाईलेट लगाएतका संरचना बनाइएको छ ।

त्यससंगै पर्यटकलाई तान्ने उद्धेश्यले पत्रकार तथा समाजसेवी प्रताव रानामगरले लाफा भिलेज रिसोर्ट सञ्चालनमा ल्याएका छन् । लाफा भिलेज रिसोर्ट भित्र मगर समुदायको साँस्कृति झल्किने आकर्षक विभिन्न भौतिक संरचनाहरु निर्माण गरिएको छ । भिलेजमा निर्माण गरिएको गोलो घर, खुर्पेटोको संरचनासंग त्यहा पुगेका पर्यटकहरु रमाई रहेका छन् । उनका अनुसार थप भौतिक संरचना थप्ने क्रम जारी छ ।

मगर समुदायको मौलिक साँस्कृतिक नृत्य कौरा,झ्याउरे र स्थानिय स्तरमा उत्पादित खानाका परिकार नै मिछुर्लुङ होमस्टेको विशेषता हो । अध्यक्ष थापाका अनुसार साँझ पाहुना बास बस्न पुगेपछि खाजा र खाना खाईसकेपछि साँझ साँस्कृतिक समुह मार्फत कौरा,झ्याउरे,नचरी तथा सालैजो लगाएतका नृत्य देखाईन्छ ।

खाजामा मकै,फापरको रोटी लोकल कुखुराको अण्डा त्यसैगरि खानामा पाहुनाको चाहना अनुसारको परिकार खुवाईन्छ । यीनै प्याकेजमा होमस्टे बस्न आएका एकजना बापत एक रातको एक हजार शुल्क लाग्ने कोषाध्यक्ष देउमायाँ रानामगरले बताईन् । उनका अनुसार भ्युटावर र लाफाभिलेजको आकर्षणका कारण होमस्टेमा पाहुना आउनेक्रम जारी छ ।

भर्खरमात्रै निर्माण सम्पन्न भ्युटावरदेखि मुख्यचोकसम्म मिनि ग्रेटवालको परिकल्पना गरिएको छ । जसले त्यहाँ आउने पर्यटकलाई चिनमा रहेको विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिने छ ।

मिछुर्लुङमा भौतिक समस्या

भिमाद बजारबाट साढे ३ किलोमिटर दुरीमा रहेको मिछुर्लुङ सामुदायिक होमस्टे पालिकाकै पहिलो होमस्टे हो । भौगरिक रुपमा वरिपरि रमणीय डाँडाकाँडाका थुम्कैथुम्का छन् । त्यहि पहाडको एक थम्कामा उक्त वस्ति छ । गाउँ वरपर कहि कतै पानीका मुल नभएकोले पिउने पानीको मुख्य समस्या रहेको होमस्टेका कोषाध्यक्ष रानामगरले बताईन् ।

होमस्टेमा अन्यत्रबाट लिफ्टििङ सिस्टम मार्फत खानेपानी ल्याएर जोहो हुदै आएको छ । उनका अनुसार लिफ्टििङ सिस्टमको मेसिन बिग्रिदा र विद्युत सञ्चालन बन्द हुदा खानेपानीको अरु विकल्प नै छैन् । खानेपानीसैग त्यहाँ गाउँभित्रसम्म पुग्न सडकको समस्या छ । मुख्य सडकसम्म सवारी साधन सञ्चालन भएपनि गाउँभित्रसम्मको करिब १ किलोमिटर सडक ग्राभेल नहुदा सवारीसाधन फस्ने समस्या रहेको छ ।

‘मिछुर्लुङ’ होमस्टेका रुपमा सञ्चालन भएको भएपनि त्यहाँ अधिकांस महिला र बृद्धबद्धा नै आवद्ध छन् तर युवा भने सवै वैदेशिक रोजगारीमै रहेको सञ्चालक विपना थापामगरले बताईन् । काम गर्ने युवा विदेशिनुपर्ने बाध्यता छ तर यता होमस्टे सञ्चालनमा जनशक्तिको अभाव भएको उनले बताईन् ।

‘होमस्टे मात्रै चलाएर बस्छु भन्दा सधै पाहुना आउदैनन’, उनले भनिन् ‘घरखर्च चलाउन थप कमाई गर्नैपर्छ,विदेशिपर्ने बाध्यता नै छ ,युवालाई विदेश पठाउदा हामी केटाकेटी,बुढाबुढी र महिलाले खेतवारीको काम गर्ने की पाहुनालाई हेर्ने समस्या छ ।’ विदेशमा रहेका युवालाई स्थानिय स्तरमा रोजगारी सिर्जना गरेर स्वदेशमै बस्ने वातावरण बनाउन सरकारसंग उनको माग छ ।

मिछुर्लुङको सम्भावना र स्थानिय सरकारको योजना

‘मिछुर्लुङ’पर्यटकीय र स्थानिय उत्पादनको दृष्टिकोणले निकै सम्भावना भएको स्थान हो । प्रचारप्रसारको अभावमा ‘ढुङढुङ’नामक पहर (जसलाई कुनै लठ्ठी वा ढुँगाले हिर्काउदा ढुङढुङ आवाज आउछ),त्यसैगरि ३५ मिटरको ‘आँटीथाप झरना’ (जुन निकै आकर्षक भएकोले देख्ने हरकसैको मन लोभ्याउछ) ,चितुवा ढाँड गुफा लगाएत यस्ता प्राकृतिक सम्पदाहरु ओझेलमा छन् ।

सोही झरनामा २०७२ सालमा क्यानोनोईङ पनि सफल पारिएको थियो तर स्थानिय सरकारले वेवास्ता गर्दा त्यसलाई निरन्तरता दिन नसकेको स्थानियको गुनासो छ । प्राकृतिक रुपमा मिछुर्लुङ भरिपुर्ण भएपनि स्थानिय सरकारले यस्ता वस्तुको पहिचान, संरक्षण र प्रवद्धन गर्न सक्यो भने होमस्टे थप व्यवसायिक रुपमा सञ्चालन हुनेमा अध्यक्ष नरेन्द्र थापा आशावादी छन् ।

कृषि पर्यटनको पनि सम्भावनायुक्त हो मिछुर्लुङ । जसको लागि कृषिलाई व्यवसायीकरण गर्न आवश्यक छ । अदुवा र तरकारी खेतिको उर्वरभुमि भएपनि बजार व्यवस्थापनमा समस्या रहेको त्यहाँका कृषकहरु बताउछन् ।

भर्खर मात्रै निर्वाचित भएकोले अघिल्लो सरकारले जे जति अभ्यास ग¥यो अवको आर्थिक वर्षदेखि वडा भित्रका पर्यटकीय सम्भावना बोकेका स्थानको पहिचान र प्रवद्धन गरि स्थानियको आयआर्जनसंग जोड्ने खालका कार्यक्रमहरु ल्याईने वडाध्यक्ष पदम थापामगरले बताए । उनका अनुसार युवा तथा महिला लक्षित कार्यक्रमहरु समावेश गर्ने गरि वडामा कृषि उत्पादनलाई जोड दिईने बताए ।
भिमाद नगरपालिकाका विभिन्न वडामा अहिले ४ वटा होमस्टेहरु सञ्चालित छन ।

त्यसमध्ये कुनैमा भौतिक समस्या त कुनैमा आवश्यक जनशक्तिको अभाव छ । दिगो पर्यटन विकासका लागि स्थानिय सरकार पनि लागिपरेका छन् । नगरपालिकाले भिमादलाई पर्यटन क्षेत्रबाट विकास गर्नका शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको मेयर दधिराज सुवेदीले बताए ।

‘समाज विकास गर्नको लागि त्यस स्थानको नागरिक स्वस्थ्य र शिक्षित हुन आवश्यक छ,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा हामीले यहाँका नागरिकलाई शिक्षा र स्वस्थ्य सेवा दिलाउने योजनाहरु लिएका छौ ।’ हरेक योजना प्रकृयागत रुपमा गरिने भएकोले ढिलै होस तर दिगो पर्यटन विकासको लागि नगरपालिकाले आवश्यक तालिम र भौतिक विकास गर्ने प्रतिवद्ध रहेको मेयर सुवेदीले बताए ।

सम्बन्धित समाचारहरु

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने
खेलकुद

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै
प्रदेश खबर

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा
मुख्य समाचार

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही
मुख्य समाचार

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ
प्रदेश खबर

असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार २३, २०७९ १२;५४ मा प्रकाशित
पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने
मुख्य समाचार

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

असार १७, २०७९ २०;४५ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु

जिल्लाको दुर्गम विद्यालयमा पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

जेष्ठ ११, २०७९ १५;०७ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक फेरी सारियो

सदन सञ्चालन र विधेयकअगाडि बढाउने विषयमा सर्वदलीय बैठकमा छलफल

फाल्गुन २, २०७८ २०;३२ मा प्रकाशित
कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
महिला कर्मचारी टिमको नेतृत्वमा मतदान केन्द्र

जिल्लामा ८१ महिला मतदान अधिकृत तैनाथ

बैशाख २८, २०७९ १६;५६ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
महिला कर्मचारी टिमको नेतृत्वमा मतदान केन्द्र

महिला कर्मचारी टिमको नेतृत्वमा मतदान केन्द्र

बैशाख २८, २०७९ १३;०५ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

माघ ३, २०७८ १९;२५ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार २३, २०७९ १२;५४ मा प्रकाशित
जाने होईन त मिछुर्लुङ ?

जाने होईन त मिछुर्लुङ ?

असार २०, २०७९ १६;३७ मा प्रकाशित
पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

असार १७, २०७९ २०;४५ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित