निसीखोला । बागलुङका निसीखोला गाउँपालिका स्थित निसीखोला तेस्रो लघु जलविद्युत आयोजनाका उपभोक्तालाई विद्युतिय चुल्हो वितरण गरिएको छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र तथा ग्रामिण जिविकोपार्जनको लागि नवीकरणीय उर्जा कार्यक्रमको आर्थिक सहयोगमा आयोजनामा आवद्ध वडा नं. ५ का १७ जना र वडा नं. ६ का ३ जना गरि २० जना उपभोक्तालाई विद्युतिय चुल्हो वितरण गरिएको केन्द्रका फिल्ड संयोजक लोकेन्द्र खड्काले जानकारी दिए ।
जलविद्युत आयोजनाको विद्युत खपत बढाउन तथा धुवाँ रहित विद्युतिय चुल्हो प्रयोगबाट मानविय स्वास्थ्यलाई मध्य नजर गर्दै सेन्टर फर इनर्जी एण्ड इन्भारईरमेन्ट डेभलपमेन्ट प्रालि र जनताका लागि उर्जा तथा वातावरण बिकास संस्थाको प्राविधिक सहयोगमा उक्त विद्युतिय चुल्हो वितरण गरिएको प्रोजेक्ट अफिसर महेश श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-