कविता घर्तीमगर,पोखरा । परापुर्वकाल देखिनै प्रकृतिलाई पुजा गर्दै आएका मगर समुदायको विशेष महत्व बोकेको भुम्यापर्व यसपटक सुरु भएको छ । हरेक वर्षको असारको पहलो हप्तादेखि यो पर्व मनाउने प्रचलन रहेको छ । यो पर्व देशभरिकै मगर बाहुन्यता रहेको स्थानहरुमा मनाउनुपर्ने भएपनि विशेषगरि रुकुम र रोल्पाका मगरहरुले विशेष महत्वका साथ भुमिको पुजा आरधाना गरि मनाउदै आईरहेका छन् ।
यो पर्व बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउँदछन् र यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूम्या पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् ।
भुम्या भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको शव्द हो । अठार मगरात क्षेत्रका मगर खाम भाषीहरुले कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन । भुम्यापर्वले रुकुम र रोल्पाका परम्परागत संस्कृति झल्काउने मात्रै नभै यसले यस भित्रको सम्भावनायुक्त पर्यटन पर्वद्धनमा समेत टेवा पुयाउने भएको हुनाले भुम्यापर्व र पर्यटनविच नङ र मासुको सम्बन्ध रहेको रोल्पाका पर्यटन व्यवसायी वालकुमार पुनमगरले बताएका छन् ।
“हामी मगरहरुका लागि भुम्या पर्व आफैमा महत्व बोकेको पर्व हो,यसलाई निरन्तरता दिईरहदा यसकै कारणले यस ठाँउका पर्यटकिय गन्तव्यहरुको प्रचारपनि भैरहेको हुन्छ,”उनले भने, “जसले गर्दा वाह्य तथा आन्तरिक पर्यटकहरुप्रति बढी उत्सुकता र भ्रमण गर्ने ईच्छा बढ्ने गर्दछ ।”
शसस्त्रद्धन्द्धको उत्गम स्थलका रुपमा परिचित यस ठाउँ प्रतिको आममान्छेको जनचासोलाई अव यहाँको भाषा,संस्कृति ,रहनसहन तथा पर्यटकिय गन्तव्यहरुलाई व्यवस्थित गरि यहाँका स्थानियहरुका आयआर्जनसंग जोडनु पर्ने आवश्यकता रहेको पुनमगरको भनाई छ ।
“राजनैतिक रुपमा रुकुम रोल्पालाई द्धन्द्धग्रस्त स्थानको रुपमा बुझिन्छ, तर यसस्थान भित्रको बहुसांस्कृतिक महन्व बोकेको पक्ष भने प्रचारप्रसार भएको छैन् । तिनै तहको सरकारले अव यहाँको बहुसांस्कृतिक आयामहरुको पहिचान गरि संरक्षण र प्रवद्धन गर्ने जिम्मा लिनुपर्छ, हामी सांस्कृतिक रुपमा धनि छौ तर सरकार र सम्बन्धित पक्षको बेवास्ताका कारण यी चिजहरु लोभ हुने खतरामा छन् ,यसलाई जोगाउनु सरकार र हामी सवै उत्तिकै जागरुक भएर लाग्नुपर्छ,उनले भने, ।”
भुम्यापर्वलाई पर्यटनसंग जोडेर पर्यटक भित्र्याउने उदेश्यका साथ यसपटक रोल्पाको भुमेथाला जेलबाङमा पर्यटन प्रवद्धन रोल्पाले मेला आयोजना गरेको छ । प्रकृति,संस्कृति र पर्यटन नेपालपको पहिचान,समृद्ध मुलुकको निर्माण होमस्टेको अभियान ,भन्ने उद्धघोषका साथ तिनदिने भुमे मेला २०७९ को आयोजना गरिएको व्यवसायी पुनमगरले बताए ।
भूमे पर्वको उपलक्ष्यमा त्यहाका स्थानिय सरकारले असार १ र २ गते सार्वजनिक बिदा दिएको छ । भूमे पर्व अगावै गाउँका युवायुवतीहरु रोल्पाको पर्यटकिय स्थान जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने पनि भनिन्छ । भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ । असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।
आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाइने गरेको स्थानीय अजय घर्तीमगरले जानकारी दिए । मगर राज्य चलेको समयमा वर्षभरिको नियम कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनको रुपमा समेत यो पर्वलाई लिने गरिन्छ ।
सोही पर्वमा जनताको संख्याको लगत राख्ने जस्ता काम समेत गरिन्थ्यो । मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाइने यस पर्व रोल्पाका जेल्वाङ, कुरेलीलगायतका स्थानमा समेत मनाइए पनि थवाङमा भने विशेष रुपमा मनाउने गरिन्छ । थवाङमा लाग्ने भूमे नाच हेर्न तथा रमाइलो गर्न छिमेकी जिल्लाबाट समेत जाने गर्दछन् । यो पर्व मनाउन विभिन्न काम विशेषले देश विदेशमा रहेका स्थानियहरु पनि घर फर्केर आउने गर्दछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-