गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप २२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् ।
जसअन्तर्गत कास्कीका १३ जना, तनहुँका २ जना, नवलपुरका २ जना, स्याङ्गजाका एक जना, बाग्लुङका एक जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १८५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५ संक्रमणमुक्त भएका छन् ।
योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख १५५ पुगेको छ भने, अहिले प्रदेशभर २३९ सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६४ रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको यो विवरणसंगै पछिल्लो २४ घण्टामा देशभर थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-