काठमाडौ । जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।
यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन् ।रासस
प्रतिक्रिया लेख्नुहोस्:-