पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका थप १०९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २५ जना, तनहुँका ४ जना, लमजुङका ४६ जना र नवलपुरका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ७ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, म्याग्दीका ५ जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १४१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८२ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९८ हजार ५०५ पुगेको छ।
भने, अहिले प्रदेशभर १ हजार ४५५ सक्रिय संक्रमित छन् । गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५९ रहेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-