पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले जानकारी दिए ।
शर्माका अनुसार मृत्यु हुनेमा पोखरा – १७ का ७२ वर्षिय वृद्ध, स्याङ्जाको पुतलीबजार –७ का ६५ वर्षिय पुरुष र पर्वतको मोदी गाउँपालिका – ५ की ३५ वर्षिय महिलाकाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
यस्तै गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा –२१ की ७७ वर्षिया वृद्धाको उपचारका क्रममा मृत्यु भएको शर्माले जानकारी दिए ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४५६ पुगेको छ ।
सोही अवधीमा कास्कीका ५६ जनासहित १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा ४६४ जनामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा बाग्लुङका ५, पर्वतका ६, नवलपरासी पूर्व र मुस्ताङका ४ – ४, स्याङ्जाका ९, तनहुँका १५, लमजुङका १०, म्याग्दीका ४६ र गोरखाका एक जना छन् ।
यो सहित प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एक लाख एक हजार १०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म ९७ हजार २६४ जना कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् । अब प्रदेशमा दुई हजार ३८२ जना सक्रिय संक्रमित छन् । तिमध्य दुई ३४४ जना होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-