२०७९ असार १२, आइतवार
Monday, June 27, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव

यस अवविधमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन भए

ई-दैनिकी
माघ २२, २०७८ १९;२३ मा प्रकाशित
मुख्य समाचार, प्रदेश खबर, राजनीति, समाचार, समाज
गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको स्मरण गरे । उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ ।’

संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै उनले केन्द्रमुखी भावनाले संघीयता मारमा परेको बताए । उनले भने, ‘संघ सरकार अधिकार दिन चाहेको छैन, जुन विकासको वाधक बनेको छ ।’ प्रदेश पनि केन्द्रमुखी देखिएको उनको भनाइ छ । उनले भने, ‘ प्रदेशले समेत संघको, केन्द्रको मुख ताकेको देखिएको छ, प्रदेशले शक्तिको प्रयोग गर्ने अभ्यास गर्ने हो, अधिकार प्रयोग गर्ने हो । तत्कालीन अञ्चलाधीश र बडाहाकिमको जस्तो व्यवहार अब देखिनु हुँदैन ।’

केन्द्रले कानुन नबनाइदिएका कारण प्रदेशले कानुन बनाउन नपाएकोबारे आफूहरु गम्भीर रहेको उनको भनाइ थियो । उनले विकास र समृद्धि हो, राजवश्व केन्द्रमुखी छ, बजेट निर्माण पनि त्यही अनुसार गरिएका छ, यसले संघीयतालाई सबल बनाउन नदिँने भनाइ राखे ।
सुरुआती अवस्थामा जे भए पनि अब ४० प्रतिशत संघ र ६० प्रतिशत रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने भनाइ उनले राखे । ठूला पूर्वाधार बनिसकेपछि केन्द्रमा २० र तल ८० प्रतिशत बजेट बिनियोजन हुनुपर्ने उनको तर्क थियो ।

उत्तरी गोरखाको भौगोलिक अवस्था निकै विकट रहेको भन्दै उनले विकासमा पछि परेको चुमनुब्री र धार्चे गाउँपालिको भूगोललाई समेटेर अलग्गै जिल्ला बनाउन पहल गर्न उनले प्रदेशसँग आग्रह गरे । उनले भने, ‘भूगोल ठूलो छ, मनाङ र मुस्ताङमा ती पालिकाको जनसंख्या बढी छ ।’ प्रदेश संरचनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उनले उसका लागि जनप्रतिनिधि बढी उत्तरदायी हुन जरुरी रहेको बताए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका ३ तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताए । नागरिकले पनि सहजरुपमा नजिकैबाट सेवा पाएको भन्दै उनले प्रदेशले आफूलाई मजबुत गर्र्दै केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गरेको भनाइ राखे ।

उनले प्रदेश सभाले यो अवधिमा गरेको उपलब्धिको सरहाना गर्दै तर यसैमा चित्त बुझाएर नबस्न र अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘प्रदेश सभामा सहभागी सबै राजनीतिक दलहरुले एकीकृत रुपमा पहल गर्न जरुरी छ, जसरी राजनीतिक दल एक भएर राजनीतिक परिवर्तन सम्भव भयो, अब त्यसको उपलब्धि जोगाउने दायित्व पनि दलहरुकै हो ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभा अस्तित्वमा आएपछिका ४ वर्ष सफलतापूर्वक बितेका बताए । सबै सदस्यहरुको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर परिपक्वता देखाएको उनको भनाइ थियो ।

कतिपय अवस्थामा भएका कमी कमजोरीलाई सच्याउँदै संघीयतालाई थप मजबुत बनाउन जरुरी रहेको उनले बताए । विशेष बैठक, साझा संकल्प प्रस्तावका अतिरिक्त संसद बैठक अवरुद्ध हुँदा वार्तामार्फत नै सहमति गरे अगाडि बढाउने काम संसदबाट भएको उनको भनाइ थियो । विगतमा निर्माण भएका कानुनमा परिमार्जन गर्दै अब पाइपलाइनमा रहेका विधेयकलाई घनिभूत रुपमा छलफल गरी पारित गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

सभामुख नेत्रनाथ अधिकारीले शून्यबाट उठेर प्रदेश सभाले ४ वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको भनाइ राखे । काम गर्ने सन्दर्भमा भएका कमजोरी सुधार गर्दै प्रदेश सभा अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा संविधान सभा सदस्य खीमलाल देवकोटाले राज्य शक्तिको प्रयोग गर्ने भएकाले संघीयतलाई मलजल गर्नका लागि प्रदेश सभाले जति भूमिका निर्वाह गरेको त्यसका लागि धन्यवाद व्यक्त गरे । उनले भने, ‘यतिमात्र पर्याप्त भएको छैन, अझ पहल र प्रयास गर्न जरुरी छ ।’

पूर्वमन्त्री एकनाथ ढकालले असल नजीर स्थापना गरी भावी पिंढीले स्मरण गर्ने गरी काम गर्न शुभकामना दिए । संविधान सभा सदस्य अमृता थापा संविधानको मर्म अनुसार ३ तहका सरकार अगाडि बढेका छन् यी ३ तहका सरकारको प्रभावकारिता अझ बढाउँदै जानुपर्ने भनाइ राखिन् । नयाँ संरचनाको संस्थापक भएकाले प्रदेश सभा सदस्यहरुको अझ बढी दायित्व रहेको उनको भनाइ थियो । उनले ३ तहका सरकारबीच समन्वयमा जोड दिइन् ।

संविधान सभा सदस्य डा. भीष्म अधिकारीले संघीयताको शैशवकालमा हामी रहेका अवस्थामा धेरै कानुनहरु बनेका छन्, बनेका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रदेशको उन्नतीका लागि अझै रचनात्मक कानुनहरु ल्याउन उनले आग्रह गरे । प्रतिनिधि सभा सदस्य विनोद चौधरी प्रदेश सभाले गरेका गतिविधि अति नै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । प्रतिनिधि सभा सदस्य देव गुरुङले संघीयतालाई मजबुत बनाउँदै प्राप्त उपलब्धिलाई जोगाउन प्रदेश संरचना सचेत रहन आग्रह गरे ।

सहभागीलाई स्वागत गर्दै उपसभामुख सिर्जना शर्माले कोरोना महामारीका कारण धेरै जना सहभागी भएर कार्यक्रम गर्न असमर्थ भएकाले भर्चुअल गरिएको बताइन् । ४ वर्षको अवधिमा प्रदेश सभाले निकै राम्रो उपलब्धि हासिल गरेको भनाइ उनको भनाइ थियो ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको भन्दै ती कानुनले नागरिकको हितमा कति काम गरेका छन् भनेर समीक्षा गरिनुपर्ने बेला अब आइसकेको भनाइ राखे । वार्षिकोत्सवका अवसरमा प्रकासन गरिएको स्मारिका उक्त अवसरमा विमोचन गरिएको छ ।

३ तहको निर्वाचन सकिएलगत्तै २०६४ माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो । यस अवविधमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन भएका छन् ।

 

 

सम्बन्धित समाचारहरु

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

बैशाख १४, २०७९ २३;०४ मा प्रकाशित
एक पुरुषले दिए बच्चाको जन्म

एक पुरुषले दिए बच्चाको जन्म

फाल्गुन १५, २०७८ १७;३२ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;४३ मा प्रकाशित

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित