पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’का सोमबारका बिजेता निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगरलाई पुरस्कृत गरिएको छ ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार विचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका मगरलाई मंगलबार तमुँधि युकेका अध्यक्ष तथा साहारा क्लव युकेका सल्लाहकार हितकाजी गुरुङले पुरस्कृत गरका हुन् ।
रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएका मगरलाई मंगलबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
यसैविच मंगलबार सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट पोखरा १७ निवासी सरस्वती सुवेदी विजेता घोषित भएका छन् । मंगलबारको खेलमा नेपाल आर्मिले जित्ने अनुमान गरेका सुवेदी गोला प्रथा मार्फत विजयी घोषित भएका हुन् । उनलाई बुधबार पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।
मंगलबार भएको खेलमा पाँच पटकको च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब आजको प्रश्न :
एफएफले माघ १२ गते बुधबार हुने विनाविभागीय टोली एपिएफ र मछिन्द्र क्लवविचको खेल कस्ले जित्ला रु यसमा सहभागि हुन एपिएफले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३४००१ वा मछिन्द्र क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३४००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन साढे ७ बजे प्रशारण गरिने आहा रारा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला रु भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का १५ गलेश्वरका उम्मिद शाक्य र कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटालाई पुरस्कार प्रदान गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-