गण्डकी । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
गण्डकी प्रदेश उपसभामुखका सोकिय सचिव प्रकाश शर्माले ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ जना विद्यार्थीलाई ३५ हजार मूल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रिय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपि, कलम, माक्स लगायतका सामाग्री वितरण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याए ।
समारोहमा सोकिय सचिव शर्माले आफ्नो जन्मदिनको अवसरमा विगत १० बर्षदेखि आफुले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिव एवम् विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिए ।
नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्था मार्फत अपाङ्गता भएका २७६ जना बालबालिका बिभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवम् निजामती सेवामा प्रवेश गरेको जानकारी दिए । मार्फत
प्रतिक्रिया लेख्नुहोस्:-