काठमाण्डौ – आयोजक नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि आज सोमवार मरिससको टोली काठमाण्डौ आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अहिले फिफा वरीयताको एक सय ७२ औँ स्थानमा रहेको मरिसस टोलीले नेपालसँग सुखद नतिजाको लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मरिसस नेपाल आएको हो ।
पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताएका छन् । नेपालसँग हुने खेल मरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशन्स छनोटको तयारीका रूपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षक फ्रान्कोइसले बताए ।
मैत्रीपूर्ण खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपछि मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ । कोभिड मापदण्डअन्तर्गत मरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाण्डौ आइपुगेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-