कविता घर्तीमगर
माघ ८,बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाँउपालिका वडा नं. ३ स्थित बोहोरागाँउमा वालविकास केन्द्रमा अध्ययनरत वालबालिकाहरु खेतको कुनामा पठनपाठन गर्न बाध्य भएका छन् । सेतो गुराँस र गाजायुवा क्लव बागलुङद्धारा निर्मित वालविकास केन्द्रको भवन जिर्ण बन्दा यस्तो कठ्यांग्रिदो पौष माघको जाडोको समयमा २४ जना बालबालिका खेतको कुनामा पठनपाठन गर्न बाध्य भएका हुन् ।
भवनको टिनका छानो हावाले उडाएर छेडविछेड हुन गई बर्षा तथा हिउदको समयमा आकाशको पानीले कक्षाकोठा भिज्दा बालबालिकाहरुको लागि विछ्याईएका कार्पेट हरेक वर्ष फेर्नुपर्ने,कार्पेट भिजेको बेला उठाएर घाममा सुकाउदा ३ ÷४ दिन लाग्ने,भवनका पर्खाल भत्किएर बालबालिकालाई नै जोखिम हुने लगाएतका समस्या भएको शिक्षिका निरमाया शाहीले बताईन् ।
उनका अनुसार ६३ सालमा विद्यालयको माग अनुसार जिल्ला शिक्षा कार्यलय बागलुङको स्किृतिमा स्थापना भएको उक्त बालकक्षा स्थानिय सरकार आउनुभन्दा अगाडी सेतो गुराँस र गाजायुवा क्लव बागलुङले राम्रो आर्थिक सहयोग तथा सेवासुविधा उपलब्ध गराएको भएपनि स्थानिय सरकार आएदेखि अवस्था जटिल बन्दै गएको ।
सहयोग गर्दै आएका संघसंस्थाले सहयोग गर्न छाडे,स्थानिय सरकारले भने वेवास्ता गरेको अभिभावकहरुले गुनासो गरेका छन् । उक्त बालबालिकालाई सहज व्यवस्थापन र सेवा सुविधाको मागसहित गाउँपालिकामा लिखित पत्रसहित अनुरोध गर्दा गाउँपालिका प्रमुख तारानाथ पौड्यालले तिमीहरु “धरालो” (वालबच्चा हेर्ने व्यक्ति)हरुको के सुनुवाई गर्न पयो भन्दै अपमानजनक अभिव्यक्ति दिएपछि गाउँपालिका धाउनै छोडेको शिक्षिका शाहीले गुनासो गरिन् ।
सम्वन्धित निकायबाट नै यस्ता वेवास्ता भएपछि भौतिक संरचनाको अभावका बावजुट पनि कहिले कक्षाकोठा त कहिले खेतको कुनामा भएपनि विहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठनपाठन गर्न बाध्य भएको उनले बताईन् ।
यता गाउँपालिका प्रमुख पौड्याललाई यसको बारेमा सोध्दा बोहोरागाँउ प्रावि अन्तग्रतकै वालकक्षा भएकोले विद्यालयकै रोहवरमा व्यवस्थापन तथा सञ्चालन भैरहेको बताए । साथै उनले जाडोको मौषममा कहिलेकाही वालवालिकालाई कक्षाकोठा भित्र भन्दा न्यानो घाममा राखेर पठनपाठन गरिएको बेला सुनियोजित तवरले भवन र वालवालिकाको फोटो खिचेर आम जनमानसमा भ्रम फैलाएको आरोप लगाए ।
सरकारी नीतिमा बालविकास तथा पूर्वप्राथमिक शिक्षा
निजी स्कुलको नियम आ–आफ्नै छ तर सामुदायिक विद्यालयअन्तर्गत बालबालिकाहरूका लागि बालविकास केन्द्र १० देखि १५ मिनेटको पैदलदूरीमा रहनु आवश्य पर्दछ भनिएको छ । एउटा विद्यालयमा वा समुदायमा २५ जनासम्मको लागि छुट्टै एउटा कक्षाकोठा र १ जना छुट्टै तालिम प्राप्त सहजकर्ताको व्यवस्था गरी दैनिक ४.३० घण्टाका दरले हप्तामा ६ दिनसम्म बालबालिकाको स्तर सुहाउँदो क्रियाकलापद्वारा बालबालिकाको चौतर्फी विकास र कक्षा १ को निमित्त तयारी गरिन्छ ।
प्रारम्भिक बालविकास वा पूर्वप्राथमिक उमेरसमूहका बालबालिकाहरूलाई कक्षा १ मा राखेर पढाइ गर्ने कार्य यसमा हुँदैन । यस तह वा उमेरका बालबालिकाहरूको क्रियाकलाप गर्ने कोठा, खेल्ने स्थान, शौचालय, धारा र अन्य सरसफाइका साधन केन्द्र वा विद्यालयमा व्यवस्थित रूपले व्यवस्था गर्नुपर्छ ।
बालविकास केन्द्र/पूर्वप्राथमिक कक्षाको प्रभाबकारिताका लागि कार्यक्रमसम्बन्धी न्यूनतम मापदण्ड बालविकास केन्द्र स्थापना गर्नुअघि स्थानीय तहले आफ्नो मातहतका शिक्षा एकाइ प्रमुख, विद्यालय निरीक्षक, स्रोतव्यक्ति र प्रधानाध्यापकमार्फत् समुदायमा आधारित बालविकास केन्द्र सञ्चालन गर्न अथवा विद्यालयमा पूर्वप्राथमिक कक्षा सञ्चालन गर्न विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने उल्लेख गरेको छ ।
बालविकास कार्यक्रम सञ्चालनको क्रममा बालविकास केन्द्र स्थापनालाई प्रमुख क्रियाकलापको रूपमा लिइएको छ । ४ वर्ष उमेर समूहका बालबालिकाको सर्वाङ्गीण विकास र कक्षा एकको तयारी तथा सिकाइको आधारशिला निर्माणको रूपमा यस कार्यक्रमलाई प्रारम्भिक बालविकास केन्द्र/पूर्वप्राथमिक कक्षाको रूपमा सञ्चालन गर्ने नीतिगत प्रावधान रहेको छ । यसै सन्दर्भलाई हेर्दा पूर्वप्राथमिक कक्षा तथा प्रारम्भिक बालविकास केन्द्रको विस्तार दु्रततर गतिमा वृद्धि भएको पाइन्छ तर बालविकास केन्द्रहरूको गुणस्तर कायम गर्ने विषयमा थप कार्य गर्नु पर्ने आवश्यकता रहेकोे छ ।
यसै सन्दर्भमा प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड, २०६७ को कार्यान्वयन गर्ने विषयमा थप गम्भीरता आवश्यक देखिएको शिक्षा विभाग प्ररम्भिक बालविकास शाखाका अधिकृत हरिभक्त पौडेलले बताए । “प्रारम्भिक बालविकास तथा पूर्वप्राथमिक शिक्षा शिक्षाको औपचारिक संरचनाभित्र आइसकेको र मुलुक पुनसंरचित भई संघीय शासन प्रणालीमा रूपान्तरण भई माध्यमिक शिक्षासम्मको जिम्मेवारी स्थानीय तहमा गइसकेको सन्दर्भमा न्यूनतम मापदण्ड सबै बालविकास केन्द्रहरूमा एकरूपता कायम गर्न गराउन र गुणस्तर वृद्घिमा उपयोगी साधन हुन सक्ने विश्वास सहित संशोधन गरिएको हो,” उनले भने ।
के हो बालविकास केन्द्र ?
बालविकास केन्द्रमा बालबालिकाले भविष्यमा आफूले जान्न र सिक्नुपर्ने धेरै विषयहरूलाई खेल, बाल गीत, कथा, कुराकानी, अवलोकन, चित्र, नाटक जस्ता विभिन्न क्रियाकलापको माध्यमबाट अवधारणागत रूपमा स्पष्ट गरिन्छ । सानै उमेरमा अवधारणा स्पष्ट भएमा बालबालिकाले पछि विद्यालयमा सिकाउने कुनै पनि विषयलाई राम्रो बुझ्न सक्छन् र बीचैमा विद्यालय छोड्ने क्रम घट्न जान्छ । यस केन्द्रमा शिशुको मानसिक, शारीरिक, सामाजिक संवेगात्मक विकास गर्न यथेष्ट मौका प्रदान गरिन्छ ।
बालविकास केन्द्र प्रारम्भिक बाल्यावस्थाको विकाससम्बन्धी अधिकार सुनिश्चित गर्ने एउटा बलियो माध्यम हो । हालसम्म बालविकास केन्द्र समुदाय र विद्यालयमा आधारित भएर सञ्चालित हुँदै आएका छन् । शिक्षा ऐनको आठौं संशोधन २०७४ पछि प्रारम्भिक बालशिक्षा तथा पूर्वप्राथमिक शिक्षा विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा स्थापित भएको छ ।
नयाँ न्यूनतम मापदण्ड
कक्षाकोठामा बालबालिकाको स्वास्थ्यलाई अनुकूल तापक्रम हुने गरी जाडोमा घाम आउने गर्मीमा हावा पस्ने भएको कोठा हुनु पर्नेछ । कोठाको क्षेत्रफल उपस्थित बालबालिकालाई स्वतन्त्र रूपले बस्न, चल्न, खेल्न तथा सुत्न पुग्ने हुनु पर्नेछ । बालविकास केन्द्र वा पूर्वप्राथमिक कक्षा खुल्ला इनार, पोखरी, भीर र खोलाबाट सुरक्षित स्थानमा स्थापना भएको हुनु पर्नेछ ।
विद्यालयको हाताभित्र बालविकास केन्द्र अथवा पूर्व प्राथमिक कक्षा सञ्चालन गर्नुपर्ने भएमा विद्यालयले बाल विकास केन्द्रको लागि छुट्टै भवन वा कोठा उपलब्ध गराउनु पर्नेछ । यदि विद्यालय दुई तले भएमा बालविकास केन्द्रका लागि भुइँ तल्लामा कोठा उपलब्ध गराउनु पर्नेछ । बालविकास केन्द्रका लागि विद्यालयमा अलग्गै खेल्ने ठाउँ तथा बालबालिका सुहाउँदो शौचालयको व्यवस्था गर्नु पर्नेछ ।
बाल विकास केन्द्र/कोठामा जानको लागि अपाङ्गता मैत्री पूर्वाधार बनाउनु पर्नेछ । कम्तिमा ५ जनाको ५ ओटा सानो–सानो समूह र २० देखि २५ जना बालबालिको ठूलो समूहलाई स्वतन्त्र रूपले बस्न, चल्न, खेल्न, नाँच्न, घेरामा बसेर छलफल गर्न उपयुक्त ठाउँ हुनु पर्नेछ ।
बालबालिकाको औपचारिक अबालविकास केन्द्रमा दैनिक गर्नुपर्ने क्रियाकलाप
स्वागत | पुनरावलोकनठूलो समूहमा छलफल |
सरसफाइ अवलोकन | आराम |
व्यायाम | पूर्वसाक्षरता / क्रियाकलाप |
प्रार्थना | समूहिक स्वतन्त्र खेल, समूह खेल र स्वावलम्बन सीप विकास खेल |
दिसापिसाब गराउने | खाजा समय |
घेरा समय (टाइम सर्कल) | बाहिरी खेल |
हाजिरी | पुस्तकालय तथा |
मय र मौसम मिलाउने | सस्वतन्त्र लेख्ने क्रियाकलाप समय |
समूह क्रियाकलाप गीत, कथा, सिर्जनात्मक चाल, पूर्वसाक्षरता क्रियाकलाप, बालबालिकाको मौलिक क्रियाकलाप | विदा |
प्रतिक्रिया लेख्नुहोस्:-