गण्डकी । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(जेष्ठनागरिक वार्ड) स्वास्थ्य सेवाको आज शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
कोभिड १९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई सर्वसुलभ रुपमा खोपको व्यवस्थामा गर्दै आएको बताए ।
प्रदेशमा कोभिडको कारण ज्यान गुमाउने परिवारका लागि जनहि ५० हजार र आश्रित बाबबालिकाका लागि मासिक पाँच हजार रुपैयाको व्यवस्था गर्नका लागि आवश्यक कार्य विधि तयार भई रहेको उनले जानकारी दिए । पोखरा बृद्धाश्रमले समाजका विपन्न, असहाय र बेवारिसे अवस्थाका जेष्ठनागरिकलाई सेवा प्रदान गरेर राज्यको भूमिका निर्वाह गरेको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारबाट आश्रम सञ्चालनका लागि आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया लेख्नुहोस्:-