कविता घर्तीमगर,बागलुङ । विगत दुई वर्षदेखि मुटुको समस्याबाट कष्टकर जीवन विताईरहेका एक पिडितले जीवन बचाईदिन सवैसामु आर्थिक सहयोगको अपिल गरेका छन् ।
बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. २ निवासी लालमति विक २ वर्ष यता मुटुरोगबाट थला परेकोले उनका श्रीमान गोविलाल विकले उपचारका लागि आर्थिक सहयोग गरिदिन सवैमा अपिल गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोयाशिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौमा उपचार गराउदा मुटुको शल्यक्रिया गर्न ९ लाख आर्थिक रकम लाग्ने भएकोले आर्थिक सहयोगको अपिल गरिएको गोविलालले बताए ।
उनका अनुसार परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ,अरुको ज्यालामजदुरी गरेर परिवारको छाक टार्ने हैसियत भएको अवस्थामा शल्याक्रियका लागि रकम नभएपछि श्रीमतिलाई घरमै राखेर उनको छटपटी हुर्नु बाहेक अरु विकल्प छैन् । श्रीमतिको पिडा र परिवारको समस्या दुवै अवस्थाबाट गुज्रिरहेका गोविलाल यतिवेला श्रीमतिको जीवन पाउन र परिवारको खुसि फर्काउन सहयोगी हातहरुको आशा बाक्दै दैनिकी कटाईरहेका छन् ।
साथै पिडित लालमती विकको शल्यक्रियाको उक्त रकम संकलन गर्ने अभियानमा जुटिरहेका सञ्जय सेन्चुरी सुनार(९८६१६८१८८३),रोशन विश्वकर्मा(९८५७६२६६९९),सबिन गुरुङ(९८६६६२५४९३) मा सम्पर्क गर्न सकिने छ भने एनएमवी बैंक बुर्तिबाङ शाखामा रहेको ०८६००७७०९२३०००११ को खाता नं.मा आर्थिक रकम सहयोग गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-