पोखरा । कोरोना भाइरस संक्रमण बढिरहँदा सहारा क्लब भने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । दुई वर्षअघि पनि सहाराले कोरोना त्रासकै बीचमा १८औं र १९औं संस्करणको गोल्डकपलाई टुंग्याएको थियो ।
दर्शकका लागि सिट व्यवस्थापन गरेरै २०औं संस्करणको गोल्डकप गर्न आँटेको सहाराले बताएको छ । आगामी माघ ६ देखि १५ गतेसम्म अखिल नेपाल फुटबल संघ९एन्फा०ले मिति दिएको छ । त्यही मितिमा क्लब २०औं संस्करण टुंग्याउने योजनासहित अन्तिम तयारी तर्फ अघि बढेको छ । २०औं संस्करणको गोल्डकपको लागि १० टोलीको नाम समेत क्लवले सार्वजनिक गरेको छ । आहा रारा गोल्डकपको २०औं संस्करणमा उपाधि प्रतिस्पर्धाको लागि अमेरिकन क्लब नेपाल आइपुगेको छ ।
क्यामरुन, भारत, जापान र युकेको टोली आहा–राराको स्पर्धामा भाग लिन यसअघि नै नेपाल आएका थिए । २०औं संस्करणको गोल्डकप खेल्न केही दिनअघि मात्रै अमेरिकन टोली बुद्धिष्ट युथ सकर क्लब९बीवाईएससी० नेपाल आइपुगेको हो । अमेरिकन क्लबसँगै डिफेण्डिङ च्याम्पियन संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपीएफ कलब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा कलब, त्रिभुवन आर्मी क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ठ खेलाडीलाई स्कुटर प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गरेका छन् । पत्रकार सम्मेलनमै क्लबका अध्यक्ष हरिराम गुरुङ९सुरज०ले कोरोना त्रासकै बीचमा आयोजना गरिने फुटबल प्रतियोगिताको लागि प्रशासनसँग सहकार्य गरेरै अघि बढ्ने बताए । १६ हजार ५ सय सिट क्षमताको प्यारापिटमा आधा क्षमतामा मात्रै दर्शक राखेर प्रतियोगिता सञ्चालन गरिने उनले सुनाए ।
हिमश्री फुड्सको मुख्य प्रायोजन, सर्वोत्कृष्ठ खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटरले गरेको छ । उत्कृष्ट विधाको पुरस्कार प्रायोजन भने उद्यमी सुर्यबहादुर केसी परिवारले गरेका छन् । सूर्यबहादुर केसी स्मृति बेष्ट फरवार्ड, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्ड, बेष्ट प्रशिक्षक प्रदान गरिने छ । पत्रकार सम्मेलनमै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका किरण केसीले सहारासँगको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै युवा पुस्तालाई अघि बढाई समृद्धिको लागि एकेडेमीलाई सहयोग गरिएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-