काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी० ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने बताइएको छ ।
शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-