पोखरा । पोखरा ५ जिरो किमीमा अवस्थित अभियान महिला समूहको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत चयन भएकी छिन् । ह्वाइट हाउस पार्टी प्यालेसमा शनिबार भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समूहको वरिष्ठ उपाध्यक्षमा विष्णु कार्की, उपाध्यक्षमा टिका केसी, सचिवमा सिर्जना थापा, कोषाध्यक्षमा पवित्रा थापा, सहसचिवमा सकुन्तला केसी र सहकोषाध्यक्षमा सिमा थापा चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सावित्री गिरी, विना मिश्र, पार्वती केसी, मना केसी, लक्ष्मी शाही, अम्विका लामिछाने, रबिना थापा, हरिमाया केसी र सिता सिके चयन भएका छन् ।
साथै सभाले सल्लाहकार समेत चयन गरेको छ । जसमा राजकुमारी थापा, शर्मिला केसी, मोहन बहादुर केसी, मुक्ति बिजुक्छे र राजु गिरी रहेका छन् ।
यसअघि भएको साधारण सभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा सचिव सिर्जना थापा र कोषाध्यक्ष लक्ष्मी शर्माद्वारा पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको थियो ।
कार्यक्रममा समूहकी संस्थापक अध्यक्ष राजकुमारी थापा, अभियान युवा क्लवका अध्यक्ष राजु गिरी, निवर्तमान अध्यक्ष मोहन बहादुर केसी, उपाध्यक्ष मुक्ति विजुक्छे, सचिव मुक्त गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभाको अध्यक्षता समूहकी अध्यक्ष शर्मीला केसीले गरेकी थिइन् भने स्वागत मन्तव्य टिका केसीले राखेकी थिइन् । त्यस्तै कार्यक्रमको सञ्चालन सचिव सिर्जना थापाले गरेकी थिइन् ।
समूह २०७३ सालमा अभियान युवा क्लवको मातहतमा रही उपसमिति सरह गठन भएको थियो । समूहले विगत ६ वर्षदेखि निरन्तर सक्रियरुपमा समाजिक, वातावरण, स्वास्थ्य तथा महिला बालबालिका क्षेत्रमा काम गर्दै आएको थियो
प्रतिक्रिया लेख्नुहोस्:-