काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने भएको छ । पुष २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।
बैठक यही पुस २७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो बैठक निर्धारण गर्नुभएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-