नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कास्की २ ‘ख’ को सभापतिमा समाजसेवी तथा राजनीतिज्ञ व्यक्ति सुवास सिग्देलले उम्मेदवारी दिएका छन । कास्कीको राजनीतिमा यो क्षेत्र निकै प्रभावशाली क्षेत्र हो । कास्की कांग्रेस देखि केन्द्र सम्म प्रभाव राख्ने नेता यही क्षेत्रमा रहेका छन । यही क्षेत्रको सभापतिमा सिग्देलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
२०४५÷०४६ को बहुदलको आन्दोलनबाट कांग्रेस राजनीतिमा लागेका सिग्देल बलिया दाबेदार समेत हुन ।
को हुन सुवास सिग्देल, सभापतिमा उनी नै किन ?
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्यको पर्यायवाची हो नेपाली कांग्रेस । राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकको अनवतरत संघर्षको हो नेपाली कांग्रेस । युगपुरुष वीपी कोइरालाको विचार संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने आन्दोलन हो नेपाली कांग्रेस ।
२०३६ सालको आन्दोलनको सुनाई, हेराई वाट पन्चायत विरोधी आभाष को अनुभूती गरेर २०४५ सालमा नेपाल विद्यार्थी संघको आधिकारीक सदस्यतालिई प्रजातन्त्र र समाजवादी संगठन नेपाली कांग्रेसमा आफूलाई समाहित गरें ।
२०४५÷४६ को जन आन्दोलनमा एउटा सिपाहीको रुपमा कार्य गरी आफूलाई परिष्कृत गर्दै स्थानिय देखि संसदीय निर्वाचनमा विशेष भूमिकामा आफूंलाई उभ्याए । नेपाली कांग्रेसको ११ औं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई तन् र मन् लाई नेपाली कांग्रेसमा सर्मपण गर्दै विभिन्न आन्दोलनमा सकृय सहभागिता साथ अघि बढ्दै। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेपाली कांग्रेस वडा कार्य समिति पोखरा ८ को सर्वसम्मत सभापतिमा चयन भएपछि संगठनलाई सवल र सकृय वनाउन समर्पित भएँ ।
आफ्नो समयको धेरै वर्ष यूवाहरुको व्यक्तित्व विकास , वौद्धिक, नेतृत्वकला विकास, सामाजिक विकासमा विश्वको पुरानो व्यक्तित्व र नेतृत्व विकास गर्ने प्रजातान्त्रिक संस्था जेसीज अन्र्तराष्ट्रियको अन्र्तगत पोखरा जेसीजको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष तालिक आयूक्तजस्ता पदहरुमा रहि नेपाल भरि नै यूवा अभियानमा २० वर्ष सेवा पश्चात विश्व कै पुरानो सामाजिक संस्था रोटरी इन्टरनेशनलमा विगत १२ वर्ष देखि रोटरी क्लव अफ पोखरा न्यूरोडकमा अध्यक्ष एवम रोटरी डिष्ट्रक ३२९२ नेपाल भुटानको लागि सहायक गर्भनर र यूवा परिचालन तथा संरक्षण समितिको केन्द्रिय अध्यक्ष भएर कार्य गर्दै आइरहेको छु ।
१४औँ केन्द्रीय महाधिवेशनको तयारीमा लाग्दै गर्दा हामीले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो। त्यसरी नै मुलुकको समृद्धि र विकासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका र जिम्मेवारी निभाउनु आवश्यक देखिन्छ त्यसका लागि वडा देखि केन्द्र सम्म सवल नेतृत्वको आवश्यकता छ । हामीलाई के विश्वास छ भने हाम्रो वडा कार्य समितिवाट निर्वाचित हुने वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधीहरु अव्वल र नेतृत्व गर्न सक्ने क्षमताका हुनुहुनेछ जस्को परिणाम वडा देखि केन्द्र सम्म देख्न सकिनेछ ।
अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व संविधान निर्माताकै जिम्मेवारी हुन्छ। मुलुककै पुरानो र लोकतान्त्रिक पार्र्टी कांग्रेसले आफ्नो भूमिका र प्रभावकारिता थप सशक्त बनाउनु जरुरी छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र ,समावेशिता, मिश्रित निर्वाचन प्रणाली,शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्नु अहिलेको दायित्व हो।
आफ्नो कार्यकालमा स्थानीय, प्रदेश र संघको चुनावमा वडा बाट गर्नुपर्ने भूमिका महत्वपूणर् तवरले सम्पन्न गर्न पार्टीका सम्पूणर् तहका सदस्यहरुलाई एकवद्ध बनाई अघि बढियो । यिनै यस्तै खारिएका अनुभव र अनूभुतीलाई संगठनप्रति सर्मपित भई नेपाली कांग्रेस कास्की क्षेत्र नंं २ प्रदेश २ को सभापतिको रुपमा प्रस्तुत गरेको छु ।
यस प्रदेशसभामा रहेका वडा नं १६,२०,११,४,९ र ८ को प्रतिनिधिका रुपमा रहेर पार्टीको विकास र विस्तारमा योगदान पुर्याउने अठोट व्यक्त गर्दछु । यस क्षेत्रका कार्यकर्ताको भावनाको उच्च सम्मान गर्दै मनोबल बढाउनु र समग्र कास्कीको पार्टी संगठन निर्माण अभियान मेरो मुख्य लक्ष्य हो । पार्टीलाई जनतासँग जोड्दै जनताको आवश्यकता पूरा गर्न चाहन्छु ।
यो मन हिमालमा हैन, पहाडमा पनि हैन , तराईमा मात्र पनि हैन
यो मनले हरेक कणहरुमा खोजीरहेको छ एक सच्चा नेपाली
जस्ले नाटक हैन जिवनलाई नेपाली कांग्रेससँग दाँजेको होस,
जस्ले आफूलाई भन्दा पहिला नेपालको चिन्ता गरेको होस
किनकी अव त जिवन भनेकै नेपाली कांग्रेस र
नेपाली कांग्रेस भनेकै जिवन हुनु को विकल्प छैन
अभिवादन ।।
जय नेपाल ।।।
सुवास सिग्देल
नेपाली कांग्रस कास्की क्षेत्र नं। २, प्रदेश ख का लागि
सभापति पदको उमेद्वार
फोनः ९८५६०२०९१६
प्रतिक्रिया लेख्नुहोस्:-