नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ सभापति पदमा उठ्ने हुनुभएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य गुरुङले घाेषणा गर्नुभएको छ ।
आज बुधवार अनामनगरमा पत्रकार सम्मेलन गर्दै गुरुङले १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने घाेषणा गर्नुभएको हो ।नेविसङ्घका पूर्वसभापतिसमेत रहनुभएका गुरुङले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गर्नुभएको छ । कांग्रेसकाे महाधिवेशन आउँदाे मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-