पर्वत-नेपाली कांग्रेस पर्वतका युवा नेता परवीन गुरुङ्ग खाद्य सामाग्री बोकेर माझी बस्ती पुगेका छन्। पर्वत बिहादि गाउँपालिका ३ रानीपानीको इमीचौर नजिक रहेको माझिबस्तीमा पुगेर उनले त्यहा रहेका २१ घर परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।
कांग्रेसको जिल्ला कमिटी सदस्य समेत रहेका गुरुङ्गको अभियानलाई पर्वत समाज अमेरिकाले बिशेष सहयोग गरेको थियो ।कोभीड महामारीका कारण माझी बस्तीमा बिहान बेलुका हातमुख जोड्न अफ्ठ्यारो परेको जानकारी पाए संगै उनी राहत लिएर बुधवार माझी बस्ती झरेका हुन्।
त्यस्तै बिहीवार रानीपानी ३ बागेडाँडा मै रहेको दर्जी टोलमा पनि गुरुङ्ग राहत लिएर पुगेका छन्। माझी बस्तीमा बुधवार वितरण पश्चात दर्जी बस्तीमा पनि कोभीडले अधिक प्रभाव पारेको जानकारी पाए संगै उनी बिहीवार दर्जी टोल पुगेका हुन् ।गुरुङले त्यहा रहेका ९ घरलाई खाद्य सामग्री वितरण गरेका छन्।
खाद्य सामाग्री वितरण गर्दै नेता गुरुङले आफुले सधै दिएर खाने मात्र होईन जस्तो सुकै विषम परिस्थितिमा पनि काम गरेर खाने बाटो बनाउन योजनामा अघि बढिरहेको बताए,त्यसमा साथ दिन उनले स्थानीयलाई आग्रह गरेका छन।
गुरुङ्ग स्थानिय निर्वाचन २०७४ का नेपाली काग्रेसको तर्फबाट बिहादि गाउँपालिकाको पालिका अध्यक्षका उपविजेता पनि हुन।निर्वाचनमा उपविजेता रहे पनि उनी जनताको सेवामा अग्रणी भूमिका रहेका छन्।
कार्यक्रममा बिहादी ०३ रानीपानीका वाड अध्यक्ष रन बहादुर आले, पर्वत काग्रेंसका जिल्ला सदस्य हर्क सुनार,नवराज पराजुली, तरुण दल विहादिका अध्यक्ष नवीन गुरुङ,नेबिसंघ बिहादी अध्यक्ष हिम-लाल गिरी लगायत स्थानियहरुको उपस्थिति थियो। वाड अध्यक्ष आलेले नेता गुरुङ्ग र अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवादका साथ स्वागत गरेका थिए।
स्थानियले पखरीचौर रानीपानी इमिचौर सडक डिपिआरको लागि पहल गरेर प्रदेश सरकार मार्फत वजेट पार्न सफल भएकोमा प्रत्यक्ष रुपमा बधाइ तथा धन्यवाद पनि दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-