२०७९ असार १२, आइतवार
Monday, June 27, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

“गण्डकीका मन्त्रीको सम्पत्ति : किलोमा सुन, तोलामा हिरा, शे’यरमा निफ्रा”

ई-दैनिकी
भदौ ९, २०७८ १६;४२ मा प्रकाशित
मुख्य समाचार, राजनीति
“गण्डकीका मन्त्रीको सम्पत्ति : किलोमा सुन, तोलामा हिरा, शे’यरमा निफ्रा”
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि गण्डकी प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सार्वजनिक सम्पत्ति विवरणानुसार गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग एक किलो १९ तोला सुन छ । १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा देखाएका छन् । मन्त्री श्रेष्ठले यसको स्रोत पैतृक तथा पेवा उल्लेख गरेका छन् ।

स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा उनको जग्गा रहेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सम्पत्ति

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा उनले आम्दानी देखाएका छन् ।

पोखरेलसँग पाँच तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ ।

अर्थमन्त्री रामजीप्रसाद बरालको सम्पत्ति

अर्थमन्त्री रामजीप्रसाद बरालले गत वर्ष मात्रै एक करोड रुपैयाँ ऋण लिएका छन् । एनआईसी एसिया बैंकबाट ऋण लिएका उनले त्यसको कारण उल्लेख गरेका छैनन् ।

६० हजार रुपैयाँको गाईदेखि सवारीसाधनको नाममा दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको उनले उल्लेख गरेका छन । निफ्राको ६० कित्ता सेयर, एभरेष्ट बैंकमा तीन लाख नगद मौज्दात उनले आम्दानी देखाएका छन् ।

पोखरामा मन्त्री बराल र उनको श्रीमतीको नाममा जग्गा रहेको छ । मन्त्रीले चार तोला सुन रहेको विवरणमा खुलाएका छन् ।

वनमन्त्री दीपक थापाको सम्पत्ति

वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् ।

सांसद भएपछि उनले पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा पनि किनेका छन् । त्यसको स्रोतमा तलबभत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स पनि उल्लेख गरिएको छ ।

मन्त्री थापासँग ३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्ति छ । विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण देखाएका उनले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएका छन् ।

ऊर्जामन्त्री हरिशरण आचार्यको सम्पत्ति

ऊर्जामन्त्री हरिशरण आचार्यले बैंकबाट लिएको ५० लाख ऋणमा १० लाख तिरेको उल्लेख गरेका छन् । कृषि विकास र प्रभु बैंकबाट उनले ऋण लिएका थिए ।

गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको उनले सार्वजनिक गरेका छन् । मन्त्री आचार्यसँग आठ तोला सुन र पाँच तोला चाँदी छ ।

बैंकबाट लिएको ऋणबाट उनले २० लाखमा आमुल फर्निचर उद्योग पनि सञ्चालन गरेका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको सम्पत्ति

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको नाममा पोखरा महानगरपालिका–१६ मा ३८२।२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ । मन्त्री खड्काले यसलाई स्वआर्जन र पैतृक सम्पत्तिबाट निर्माण गरेको उल्लेख गरेका छन् ।

९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर तथा ८५ लाख ऋण दिएको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको सम्पत्ति

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, आठ ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हीरा रहेको मन्त्री थापाले विवरणमा उल्लेख गरेका छन् ।

विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, आफूसहितको सगोल परिवारमा सात लाख ५० हजार कित्ता सेयर सम्पत्ति विवरणमा उल्लेख छ ।

दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा मन्त्री थापाको लगानी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको सम्पत्ति

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौँडामा चार ठाउँमा जग्गा, तीन तोला सुन तथा आठ लाख ६० हजार नगद मौज्दात रहेको छ ।

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति

बागलुङको काठेखोलास्थित लेखानीमा जन्मिएका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग लेखानीमा नै ६ ठाउँमा जग्गा छ ।

इन्द्रकली कँडेलको नाममा लेखानीमा चार र नरेठाँटीमा तीन ठाउँमा जग्गा छ । मन्त्री कँडेलको नाममा चितवनमा पाँच ठाउँ, रुपन्देहीमा नौ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै तीन ठाउँमा जग्गा छ । मन्त्री कँडेलसँग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ ।

२५ तोला सुन तथा एक केजी चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा इन्द्रकली कँडेलको नाममा झन्डै दुई लाख रुपैयाँ नगद रहेको छ । झन्डै ८७ हजार कित्ता सेयर, दुई करोड ६७ लाख ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरु

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल
मुख्य समाचार

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल
मुख्य समाचार

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर
मुख्य समाचार

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित
ढोरपाटन र ताराखोलाको आलु उत्पादन प्रति प्रदेश सरकारको चासो
मुख्य समाचार

बागलुङको १७ खानेपानी आयोजनालाई १९ करोड बजेट

जेष्ठ २५, २०७९ १५;१९ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

बैशाख १४, २०७९ २३;०४ मा प्रकाशित
एक पुरुषले दिए बच्चाको जन्म

एक पुरुषले दिए बच्चाको जन्म

फाल्गुन १५, २०७८ १७;३२ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;४३ मा प्रकाशित

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित