गत साउन १० गते पदभार ग्रहण गरेका गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वाणिज्य आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले आफ्नो ३० दिने कार्यप्रगती सार्वजनिक गरेका छन ।
मंगलबार उनले ३० दिनमा मन्त्री भएयता गरेका १५ कार्यको सूची सार्वजनिक गरेका हुन ।
मन्त्री कँडेलका ३० दिने कार्यप्रगति यसप्रकार छन :
श्रावण १० गते आईतबार पदभार ग्रहणसँगै गरिएका दुई निर्णयहरुः
कोभिड प्रभावित व्यवसायीलाई १ करोडको राहत प्याकेज उपलब्ध गराउने,
कार्यविधीमा छलफल भईरहेको (प्रगति विवरण),
पर्यटन उद्योगी व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने,
खोप अभियानको शुभारम्भ गरिएको, कास्कीमा १२ हजार, अन्य ८ जिल्ला (मुस्ताङ र मनाङ बाहेक) मा १ हजार ५ सय खोप वितरण भई सकेको (प्रगती विवरण)
पर्यटन, उद्योग वाणिज्यको क्षेत्रमा कार्यरत विभिन्न पेशागत संघ संगठनको प्रतिनीधिसँगै बैठक, अन्तरक्रिया, सुझाव संकलन कार्यलाई निरन्तरता दिई रहेको,
कोभिड प्रभावित पर्यटन, उद्योग र वाणिज्य क्षेत्रलाई पुरानै लयमा ल्याउनका लागि नीजि क्षेत्रको सहकार्यमा व्यवसाय र व्यवसायी बचाउन (सर्भाइभल),
पुरानै अवस्थामा ल्याउन (रिभाइभल) अल्पकालिन र दिर्घकालिन नीति ल्याउँदै व्यवसायलाई थप बिस्तार (थ्राइभल) रणनीतिक योजनालाई कार्यन्वयन गर्न विज्ञ र सरोकारवाला बीचमा परामर्श भइरहेको,
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयीघ सरकारका सम्मानीय प्रधानमन्त्री, माननीय गृहमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र स्वास्थ्य राज्यमन्त्रीसँग भेटघाट गरी कार्यन्वयनको चरणमा ल्याउन पहल गरेको, यस कार्यक्रमलाई थप प्रभावकारी तरिकाले निरन्तरता दिनु पर्नेमा माननीय मन्त्रीबाट अनुरोध,
यस मन्त्रालय अन्तरगतका कर्मचारीहरु बीच प्रगति समिक्षा र चालु आर्थिक वर्षका कार्यक्रममा अन्तरक्रिया, ११ जिल्लाकै घरेलु कार्यालयका प्रमुखहरु, पर्यटन कार्यालय, पोखारा र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुखहरु सँग जानकारी लिने र थप कार्यक्रम र बजेटको लागि पहल गर्ने काम सुरु,
होटल, पर्यटन र उद्योग वाणिज्य क्षेत्र व्यवसायी एवं मजुदरहरुलाई लगाईएको खोप केन्द्रहरुको नीरिक्षण गरिएको, खोप केन्द्रहरुलाई थप व्यवस्थापन गर्नका लागि मन्त्रीज्यूबाट सुझाव,
पर्यटन कार्यालय पोखरा, घरेलु तथा साना उद्योग कार्यालय बागलुङ, पर्वत र तनहुँको नीरिक्षण गरिएको,
तनहुँ जिल्लाको विमल नगरमा रहेको नेपालको एक मात्र रक क्लाम्विङ्ग क्षेत्रको अवलोकन तथा समस्या समाधानको बारेमा छलफल, सरोकारवालाको ध्यानाकर्षण गरिएको,
तनहुँ जिल्लाको बन्दीपुरमा रहेको २००७ सालमा राणाहरुबाट मारीएका शहिदहरुको स्मारीकामा पुष्प अर्पण कार्य गरिएको,
दर्जनौ प्राकृतिक, मानव निर्मित धार्मिक तथा पर्या–पर्यटकिय क्षेत्रहरुको प्रत्यक्ष अवलोकन, निर्माण प्रगति तथा वर्तमान अवस्थाको बारेमा जानकारी लिएको,
एक निर्वाचन क्षेत्रः एक पर्यटकिय गन्तव्य, होमस्टे व्यवस्था, औधोगिक ऐन, पर्यटन नीति लगायतका आवश्यक कार्यविधिहरुको अध्ययन र निर्माणको तयारी,
सचिवालय व्यवस्थापनसँगै अन्तर मन्त्रालय सम्बन्ध बिस्तार सुरुवाती गरिएको ।
प्रतिक्रिया लेख्नुहोस्:-