२०७९ असार १२, आइतवार
Monday, June 27, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिकाे निर्देशन

ई-दैनिकी
भदौ ४, २०७८ १६;२० मा प्रकाशित
मुख्य समाचार
धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिकाे निर्देशन
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यको नाममा खरिद गरेर पदीय आचरण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो ।

नियामक निकाय आफैँले पदीय मर्यादा विपरीत शेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले भित्री सूचनाका आधारमा गरेको भनिएको शेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थ सचिवज्यूबाट प्राप्त भएको छ । त्याे छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’

बैठकले शेयर बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शिता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकमा समितिका सदस्यहरूले पुँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पुँजी बजारको नियामक निकायलाई पारदर्शी र जवाफदेही बनाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहुन्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो ।

समितिका सदस्य एवम् पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले शेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले शेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

समितिका सदस्य श्यामकुमार श्रेष्ठले पुँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले पुँजी बजारमा नियामक निकाय आफैँले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले बोर्ड र नेप्सेका पदाधिकारीले अनुचित ढङ्गले परिवारका सदस्यको समेत शेेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यता पत्ता लगाउन मन्त्रालयले छानबिनको कामलाई अन्तिम चरणका पुर्‍‍याएकाे पनि समितिलाई जानकारी दिनुभयो । अर्थ मन्त्री शर्माले सर्वसाधारणको विश्वास जित्ने गरी शेयर बजारलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पदीय मर्यादा विपरीत आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको शेयर खरिद गराएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि अर्थ समितिले यस सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो ।

अर्थ मन्त्री शर्माले नियामक निकायबाटै शेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि पाँच सदस्यीय समितिसमेत बनाएको बैठकमा जानकारी दिनुभएको थियो ।

सम्बन्धित समाचारहरु

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल
मुख्य समाचार

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल
मुख्य समाचार

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर
मुख्य समाचार

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित
ढोरपाटन र ताराखोलाको आलु उत्पादन प्रति प्रदेश सरकारको चासो
मुख्य समाचार

बागलुङको १७ खानेपानी आयोजनालाई १९ करोड बजेट

जेष्ठ २५, २०७९ १५;१९ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

बैशाख १४, २०७९ २३;०४ मा प्रकाशित
एक पुरुषले दिए बच्चाको जन्म

एक पुरुषले दिए बच्चाको जन्म

फाल्गुन १५, २०७८ १७;३२ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;४३ मा प्रकाशित

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित