गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए ।
प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उनले बताए ।
दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकारले प्रदेशबासीलाई कोभिड विरुद्धको निशुल्क खोप उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।
मुख्यमन्त्री नेपालीले भने ‘अघिल्ला सरकारका योजनालाई निरन्तरता दिँदै सबै जिल्लामा २५ शैय्याको अस्पताल र २ देखि ५ शैय्याका सघन कक्ष निर्माण गरिनेछ।’
सरकारको जिम्मा कार्यक्रम अन्तर्गत स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने, स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतिको पोषण, ६५ वर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको पनि उनले बताए।
उनले भने, ‘अघिल्ला सरकारका बहुवर्षीय योजनामा धेरै रकम बिनियोजन भैसकेकाले जनचाहना र अपेक्षा अनुरुप बजेट उपलब्ध गराउन कठिन छ। सबैका योगदानले व्यवस्था परिवर्तन सम्भव भयो। सबैका आस्था र बिचारलाई सम्मान र स्वीकार गरेर अघि बढन सक्नुपर्छ ।’
आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह (गार्डेन) नामक स्थानीय संस्थाले दुई पटकसम्म महायज्ञ लगाएर र विभिन्न दाताहरुसँग चन्दा संकलन गरी अस्पताल निर्माण गरेका हुन् । माथिल्लो भेगका बासिन्दालाई लक्षित गर्दै १५ शैय्याका सुविधासम्पन्न भवन निर्माण गरी स्वास्थ्य सेवा उपलब्ध हुँदैआएको थियो।
प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको गण्डकी प्रदेश सरकारले खोप खरिदका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि असार १ मा सार्वजनिक गरेको बजेट वक्तव्यमा सरकारले कुन क्षेत्रमा कति रकम छुट्याइयो भन्ने खुलाएको थिएन ।
अर्थ मन्त्रालयले निकालेको रातो किताबअनुसार कोरोनाविरुद्धको खोप किन्न १ अर्ब र कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्रालयका उपसचिव रमेश शर्माका अनुसार कोषमा ८५ करोड रुपैयाँ जम्मा भइसकेको छ । सोही कोषबाट कोरोनासम्बन्धी उपकरण खरिद तथा व्यवस्थापनका लागि खर्च गरिएको उनले बताए । यस्तै स्वास्थ्य क्षेत्रतर्फको कुल बजेट २ अर्ब १७ करोड ३४ लाख ८३ हजार रुपैयाँ छ ।
यसअन्तर्गत औषधि उत्पादन, उपकरण तथा औजारका लागि ३ करोड १४ लाख, बहिरंग सेवाका लागि ८ करोड ७५ लाख, अस्पताल सेवाका लागि १ अर्ब २३ करोड ७६ लाख ८७ हजार, सार्वजनिक स्वास्थ्य सेवामा ७५ करोड ९४ लाख ७१ हजार र अनुसन्धान सेवाका लागि ५ करोड ७४ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-