कांग्रेस नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरि विरामी परेपछि अस्पताल भर्ना भएका छन्।
घाँटीमा गम्भिर प्रकृतिको समस्या देखिएपछि नेता गिरि उपचारार्थ अघिल्लो हप्ता भारतको मुम्बई पुगेका थिए।
‘मुम्बईको हिन्दूजा अस्पतालमा उहाँको उपचार भइरहेको छ। डाक्टर सुल्तान प्रधानले उहाँको उपचार गरिरहनुभएको छ’, नेता गिरिको पारिवारिक स्रोतले नेपाल समयलाई बतायो, ‘उहाँको स्वास्थ्य अवस्थाबारे हामी अहिले केही बताउने अवस्थामा छैनौं।’
नेता गिरि अस्पताल भर्ना भएको खबर पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधी आजै मुम्बई प्रस्थान गरेका छन्।
विरामी गिरिको स्वास्थ्य अवस्था बुझ्न र उपचारको थप प्रबन्ध मिलाउँन नेता निधी आजै बेलुकासम्म मुम्बई पुग्ने छन्।
‘उहाँ आज भारतका लागि हिँड्नुभएको छ’ नेता निधीको सचिवालयले बतायो, ‘जनकपुरबाट दरभंगाहुँदै उहाँ मुम्बई पुग्नुहुने छ।’
प्रतिक्रिया लेख्नुहोस्:-