पृथ्वीनारायण क्याम्पसमा अहिले देखिएका नेविसंघका दुईवटा समिति छन ।
एउटाको नेतृत्व सतिस बास्तोलाले गरेका छन । उनको टिममा अरु कोही छैनन ।
कार्यवाहकको जिम्मा पाएका उनलाई पिएनका तत्कालीन सभापति दीपक वाग्लेले कार्यवाहकको जिम्मा दिएका हुन । वाग्ले शिक्षामन्त्री मेखलाल श्रेष्ठको स्वकीय सचिव नियुक्त भएपछि उनले एउटा पत्र लेखेर बास्तोलालाई कार्यवाहकको जिम्मा दिएका थिए ।
बास्तोलालाई कार्यवाहक दिएकै दिन पिएन क्याम्पसमा नै नेविसंघका अर्का नेता गौरव बरालले विद्यार्थी भेला पारेर आफूलाई सर्वसम्मत सभापति चयन भएको घोषणा गरे ।
भेलामा उपस्थित विद्यार्थीबाटै उनले पिएन नेविसंघको पूर्ण कार्यसमिति नियुक्त गरेका छन ।
यी दुवै नेविसंघले एकअर्कालाई आधिकारिक दाबी गर्दै आएका छन ।
तर, दुवै समिति विधिविधान विपरित रहेको भन्दै पिएनका अन्य विद्यार्थीले ध्यानाकर्षण गराएका छन ।
एक विज्ञप्ती जारी गर्दै पिएनका ११ जना विद्यार्थीले कास्की कांग्रेस र नेविसंघ केन्द्रिय समितिलाई ध्यानाकर्षण गराएका हुन ।
विज्ञप्तीमा उनीहरुले विधिवत अधिवेशन हुनुपर्ने र आस्थावान विद्यार्थीलाई पनि समेट्नुपर्ने माग राखेका छन ।
यस्तो छ विज्ञप्ती :
“देशको शैक्षिक, राजनैतिक तथा लोकतान्त्रिक आन्दोलनमा सदैव अग्रणी भूमिकामा नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पस रहेको सबैमा सर्वविदितै छ। यसै बिच पछिल्लो क्रममा क्याम्पसमा गुट लाई प्रसय दिने, व्यक्तिगत स्वार्थलाई पूरा गर्ने र एकलौटी रुपमा अबैधानिक गतिविधि अघि बढेको प्रती हाम्रो गम्भीर आपत्ति भएको छ र संबंधित निकाय प्रती ध्यानाकर्षण गराउदै बिधिवत अधिबेशन सँगै प्रजातन्त्र मा आस्थावान् रहेक बिद्दार्थि हरुलाइ बिधिअनुसार सदस्य रहने बाताबरण छिटो भन्दा छिटो होस भन्दै यो ध्यान्याकर्सण गराउँदछौ ।”
प्रतिक्रिया लेख्नुहोस्:-