२०७९ असार १४, मङ्लबार
Wednesday, June 29, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अफगानस्तानमा फसेका नेपाली भन्छन, “हामीमाथि हेलिकप्टर उडिरहेका छन, गोलीवारी भइरहेको छ”

ई-दैनिकी
भदौ १, २०७८ ०९;३५ मा प्रकाशित
अन्तराष्ट्रिय, समाचार
अफगानस्तानमा फसेका नेपाली भन्छन, “हामीमाथि हेलिकप्टर उडिरहेका छन, गोलीवारी भइरहेको छ”
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

“काबुलको आकाशमा हामीले अहिले हेलिकप्टर मात्रै देखिरहेका छौँ । एउटा सानो बेसमेन्टभित्र हामी सुरक्षित छौँ । त्यही सानो बेसमेन्टको आकाशमाथि मात्रै हामीले अहिले पनि ८र१० वटा हेलिकप्टर घुमिरहेका छन् । यता ग्राउन्डमा चाहिँ गोलीबारी भइरहेको छ । आकाशदेखि जमिन दुवै युद्धमय देखिएका छन् । हामीले गोली र हेलिकप्टरको आवाज मात्र सुनिरहेका छौँ ।”

रामेछापको उमाकुण्ड गाउँपालिकाका डिल्ली खड्काको आवाजसँगै गोली र हेलिकप्टरको आवाज पनि सँगै आएको थियो ।

उक्त आवाजले तालिवानले अफगानिस्तान कब्जा गरेपछिको अवस्थालाई वर्णन गर्छ ।

एक दशकअघि अफगानिस्तानको राजधानी काबुल पुगेका उनी एक वेयरहाउसमा काम गर्छन् । इकोलुक कम्पनीमा कार्यरत उनको डिपार्टमा मात्रै ५० जना नेपाली छन् । खुसीको कुरा उनीहरू सबै सुरक्षित छन् ।

त्यहाँको अवस्थाबारे उनी भन्छन, “अहिले चाहिँ अफगानिस्तानको काबुलमा नेटो बेसमा छु । यहाँको स्थिति एकदमै नाजुक छ । हामीमाथि हेलिकप्टर उडिरहेका छन, युद्ध भइरहेको छ । तपाईं सुन्न पनि सक्नुहुन्छ । ८र१० वटा हेलिकप्टरमाथि आकाशमा देखिरहेको छु ।”

उनीसँगै कम्पनीको एउटै विभागमा कार्यरत ५० जना नेपाली सँगै छन् । खड्काका अनुसार चितवन, बागलुङ, कास्की लगायतका जिल्लाका नेपालीहरू एउटै विभागमा कार्यरत छन् ।

बाहिरको अवस्थाबारे अनभिज्ञ रहेका उनले बेसमा भएका चाहिँ सुरक्षित रहेको जानकारी दिए ।

गोरखाको आरुघाटका अविनाश गुरुङ पनि अहिले काबुलमा नै छन् । त्यहाँ उनीसँगै विभिन्न जिल्लाका दर्जनबढी नेपाली छन् ।
उनीहरू सोमबार साँझ कतार उड्ने प्रतीक्षामा छन् । अफगानी भूमिमा ओर्लिएको अमेरिकन र ब्रिटिस आर्मीलाई भरोसा गरेका उनीहरू आजै कतार उड्ने बताउँछन् ।

तर, नेटो बेसमेन्ट बाहिर रहेका नेपालीहरूको बारेमा उनको चिन्ता छ ।

“हामी गोरखा, चितवन, झापा, इलाम, सुनसरीका छौँ । हामीलाई आज बेलुका कतार लैजान्छ होला । आज समाचार सुनेअनुसार ३५ जना नेपालीलाई समात्यो रे । बाहिर भएकोलाई गाह्रो छ होला,” उनले भने ।

गुरुङसँग झापा, इलाम, सुनसरी, बागलुङ लगायत विभिन्न जिल्लाका नेपालीहरू एउटै बेसमेन्टमा छन ।

“हामी ग्रिन जोनमा छौँ । यहाँ अहिलेसम्म आक्रमण भएको छैन । हामी यहाँ भएका सबैजना काम गर्न थालेको ५ वर्षभन्दा माथि भइसक्यो,” उनले भने ।

आरुघाटकै हरि गुरुङ अफगानस्तानमा यो अवस्था अचानक आएको बताउँछन् । अमेरिकी सेना फिर्तीपछि यो अवस्था आउनसक्ने आँकलन गरेको तर यति छिट्टै आउला भन्ने कल्पना पनि नगरेको उनले बताए ।

“अचानक यस्तो स्थिति आयो । अलि समय लाग्दा भन्ने सोचेका थियौँ । हामीले कल्पना पनि गरेका थिएनौँ । हामीलाई नपठाइकिन आर्मी फर्किँदैन । अहिले ब्रिटिस र अमेरिकन आर्मीहरू आइरहेका छन्,” उनले भने ।

समाचार हेरेर नै बाहिरी अवस्थाबारे जानकारी लिने गरेको उनीहरूको भनाइ छ ।

गुरुङका अनुसार बेसमेन्टबाहिर अहिले क्वारेन्टाइनमा बसेका एकजना नेपाली पनि फसेका छन् । उनी विराटनगरका हुन् ।

उनका अनुसार ती नेपाली दुई हप्ता अघिमात्रै नेपालबाट अफगानिस्तान गएका थिए ।

“नेपालबाट आएर दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका विराटनगरका एकजना दाइ हुनुहुन्छ । उहाँ बाहिर फस्नुभएको छ, भित्र ल्याउने कोसिस जारी छ । के हुन्छ भन्न सक्ने अवस्था पनि छैन । उहाँ हामीसँगै काम गर्नुहुन्थ्यो । भरसक आज राति ल्याउने प्लान छ, हेरौँ के हुन्छ,” उनले भने ।

आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो । हाल विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

Source: baahrakhari.com

सम्बन्धित समाचारहरु

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने
मुख्य समाचार

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा शनिवार ४२८ जना कोरोना संक्रमित थप, संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५०

माघ ८, २०७८ १६;२६ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

एमालेद्धारा बागलुङको १० वटै पालिकामा उम्मेदवार टुंगियो

बैशाख १२, २०७९ १४;४५ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना छ : प्रधानमन्त्री देउवा

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

माघ २९, २०७८ १६;४९ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित