तालिवानले अफगानस्तान कब्जा गरेपछि त्यहाँको अहिलेको अवस्था निकै दर्दनाक छ । मान्छेहरु त्रसित छन । सकेसम्म देश छाड्न चाहान्छन ।
काबुलको विमानस्थलमा मान्छेको भिड हुँदा त्यो बसपार्क जस्तो देखिएको छ भने अमेरिकी र ब्रिटिस आर्मी उक्त विमानस्थलमा ओर्लिएका छन ।
आतंकित मानिसहरु कुनै पनि हालतमा देश छाड्न चाहन्छन । त्यसको लागि उनीहरु जे पनि गर्न तयार भएको देखिन्छ ।
यतिसम्म कि तीनजना अफगानी नागरिक विमानको चक्कामा लुकेर अमेरिका जान चाहेका थिए ।
तर, आकाशबाटै उनीहरु खसेका छन ।
अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।
काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेदैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ ।
केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ ।
रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा शवहरू देख्न सकिन्छ ।
अफगानिस्तानको सैन्य विमानलाई उज्बेकिस्तानले ‘खसालिदियो’
उज्बेकिस्तानको हवाई सुरक्षा बलले अफगानिस्तानको सैन्य विमानलाई खसालिदिएको छ । अफगानिस्तानको सैन्य विमानले अवैध रूपमा उज्बेकिस्तानको सीमा पार गरेपछि त्यसलाई खसालिएको उजबेकिस्तानको रक्षा मन्त्रालयले जनाएको रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार अफगानी जहाजलाई आइतबार साँझ उज्बेकिस्तानको दक्षिणतर्फ पर्ने सोखान्दरिया प्रान्तमा खसालिएको हो । त्यसमा भएको मानवीय क्षेतिका बारेमा भने केही खुलाइएको छैन ।
आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-